नियम १९
गशुधन सुरक्षण सम्बन्धी विशेष व्यवस्था
: (१) कोषले अनुरोध गरेमा सम्बन्धित पशु सेवा कार्यालयले पशुधन खरिद-बिक्री हुने ठाउँमा नै पशुधनको स्वास्थ्य परीक्षण र सङ्केत पट्टा लगाउन सकिने गरी आवश्यक व्यवस्था मिलाउनेछ ।

(२) उपनियम (१) बमोजिम स्वास्थ्य परीक्षण गरी सङ्केत पट्टा लगाएको पशुपालक कृषकले त्यस्तो पशुधन गन्तव्य स्थानमा पुर्‌याएको मितिले सात दिनभित्र त्यस्तो पशुधनको सुरक्षण लेख जारी गरिदिनको लागि नियम ११ बमोजिमको सुरक्षण शुल्क सहित सम्बन्धित सदस्य संस्था मार्फत कोषमा निवेदन दिन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम प्राप्त निवेदन कोषले जाँचबुझ गर्दा व्यहोरा मनासिब देखेमा पन्ध्र दिनभित्र त्यस्तो पशुधनको सुरक्षण लेख जारी गर्नु पर्नेछ ।